राजीनामा दिएर देशलाई बर्बादीतिर धकेल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ धकेल्नु भएको बताए ।
‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण मैले राजीनामा दिनेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने । जनताको व्यापक समर्थन र आवश्यकताले आफू आएकोले राजीनामा नदिने उनको भनाइ थियो ।
‘म यहाँ जालझेल गरेर वा मेरो रहरले आएको होइन । जनताको आवश्यकता र व्यापक समर्थनले आएको हुँ,’ ओलीले भने । ओलीले देशलाई फेरि अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको भनदै आफ्नै पालामा कोभिड–१९ सँग जुधेर र गरिबीलाई जितेर समृद्धि हासिल गर्ने दाबी गरे ।

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरी खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरी खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया