च्याम्पियसन्स लिग नभए पनि स्टार खेलाडीले लिभरपुल छाड्ने छैनन् : क्लप

काठमाडौँ: लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले आफ्नो टिम यस सिजन प्रिमियर लिगको शीर्ष चारमा नपरे पनि मुख्य खेलाडीहरूले एनफिल्ड नछाड्ने प्रष्ट पारेका छन् । प्रिमियर लिग निर्णयक मोडमा पुग्नै लाग्दा लिभरपुल शीर्ष चारमा पर्ने सम्भावना कम हुँदै गएको छ ।
गत सिजनको इंग्लिस च्याम्पियन लिभरपुल यस सिजन भने कमजोर लयमा छ । क्लपको प्रशिक्षणमा रहेको मर्सिसाइड टोलीले २७ खेलबाट ४३ अंक बनाउँदै सातौँ स्थानमा छ । लिभरपुल शीर्ष चारमा छनौट हुन असफल भए आउँदा सिजन च्याम्पियन्स लिग खेल्न पाउने छैन । जसका कारण लिभरपुलका स्टार खेलाडीहरूले क्लब छाड्न प्रयास गर्नसक्ने अनुमान गर्न थालिएको छ ।
‘म मेरा खेलाडीहरूलाई राम्रोसँग चिन्छु । टिम शीर्ष चारमा पर्न असफल भए पनि उनीहरुले आउँदो सरुवा बजारमा स्थान्तरण चाहने छैनन् । हामी खराब त्यस्तो अवस्थामा छैनौँ,’ आइतबार हुने फुलहमसँगको खेल अगाडि आयोजित पत्रकार सम्मेलनमा क्लपले भने ।
लिभरपुलले पछिल्ला चार सिजन च्याम्पियन्स लिग खेलेको छ । जसमा सन् २०१९ मा क्लप नेतृत्वको टिम युरोपियन कलब फुटबलको सर्वोच्च प्रतियोगिता जित्न सफल भएको थियो । क्लपले यस पटक च्याम्पियन्स लिगमा छनौट नहुँनुले आउँदा सिजनलाई असर नगर्ने पनि स्पष्ट पारे ।
‘यो साल हाम्रो लागि खराब रह्यो । तर सधैँ यस्तै हुन्छ भन्ने छैन । लिभरपुल च्याम्पियन्स लिग बाहिर रहरिहने क्लब होइन । क्लबको भविष्य सुरक्षित छ,’ क्लपको भनाइ थियो ।

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

प्रतिक्रिया