इंगल्यान्डविरुद्ध भारतको १५४ रनको अग्रता

काठमाडौँ: अमहदाबादमा जारी इंगल्यान्डविरुद्धको अन्तिम टेस्टको तेस्रो दिन भारतले तीन सय ६५ रन बनाएको छ । वासिङ्टन सुन्दरले एक सय ७४ बलकोे सामना गर्दै ९६ रन बनाएपछि भारतले पाहुना टोलीविरुद्व एक सय ५४ रनको अग्रता बनायो ।
‘प्रि-लन्च’ सेसनमा भारतका लागि सुन्दर र अकसर पटेलले एक सय छ रनको साझेदारी गरे । पटेलले घरेलु टिमका लागि ४३ रनको योगदान गरे । पाहुना टिमका लागि जेम्स एन्डरसनले ४४ रन खर्चेर तीन विकेट लिए भने वेन स्टोक्सले चार विकेट हात पारे । उता इंगल्यान्डका लागि जाक क्रली र डोम सिब्ले क्रिजमा रहेका छन् । उनीहरुले क्रमशः पाँच र एक रन बनाएका छन् ।
भारत यस श्रृङ्खलामा २-१ ले अगाडि रहेको छ । अन्तिम टेस्टमा इंग्लिस टोलीसँग बराबरी खेले मात्रै पनि भारत वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेश गर्नेछ । जहाँ विराट कोहली र उनका सहकर्मीले न्यूजिल्यान्डको सामना गर्नेछन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया