दीपिकाले छाडिन् ‘कृष्णलीला’, उनको ठाउँमा श्रद्वा

काठमाडौं : दसैंअघि नै सुटिङमा जाने तयारीमा रहेको ‘कृष्णलीला’बाट दीपिका प्रसाईं बाहिरिएकी छिन् । लेखक लक्ष्मण सुवेदीले सामाजिक सञ्जालमा दीपिका बाहिरिएको जानकारी गराउँदै अब उनको ठाउँमा श्रद्धा क्षेत्रीले अभिनय गर्ने बताएका छन् ।
‘चलचित्र ‘कृष्णलीला’ को प्रमुख अभिनेत्री हेरफेर भएको छ । स्वास्थ्य समस्याका कारण दीपिका प्रसाईं चलचित्रबाट बाहिरिएकी छिन भने निर्माण पक्षले सो भूमिकाका लागि मुम्बईमा मोडलिङरत श्रद्धा क्षेत्रीलाई अनुबन्धित गरेको छ,’ सुवेदीले फेसबुकमा लेखेका छन् । दीपक ओलीको निर्देशन, रोहित कट्टेल र रत्न श्रेष्ठको निर्माण रहेको फिल्ममा पुष्प खड्का, बुद्धि तामाङ्ग, रबिन्द्र झा, नवीन रेग्मीलगायतका कलाकार प्रमुख भूमिकामा छ्न्।
निर्माण टिमले दीपिकाले छाडेपछि उनको ठाउँमा पूजा शर्मालाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, पूजा शर्माले २५ लाख मागेपछि निर्माण टिम विकल्पतर्फ लागेको थियो । यही क्रममा निर्माण टिमले स्वस्तिमा खड्कालाई पनि अभिनयलागि ्रप्रस्ताव गरेको स्रोत बताउँछ । फिल्मको सुटिङ तिहार लगत्तै झापामा हुने निर्माण टिमले जनाएको छ ।
नयाँ अभिनेत्री श्रद्वा मुम्बईमा मोडलिङरत मोडल हुन् । उनले यसअघि पल शाहसँग ‘हृदयभरि’ शीर्षकको फिल्ममा अभिनय गरेकी छिन् । तर, सुटिङ भएको लामो समय भइसक्दा पनि फिल्मको काम सकिएको छैन ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_w8VG2XA4lP_eiwohimcc1zx2km1hy3yntxuhwomxgwmq5k3uh6k9eioqvtsw4clzhoqq8vm.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया