जोकोभिच मायामी ओपनका लागि तयार

काठमाडौँ: केही साता अघि अस्ट्रेलियन ओपन जितेका नोभाक जोकोभिचले मायामी ओपनमा सहभागी हुने भएका छन् । मेलबर्नमा भएको ग्रान्डस्लाम दौरान चोट बोकेका सर्बियन टेनिस स्टार अमेरिकाको मायामीमा मार्च २२ बाट हुने प्रतियोगिताका लागि तयार भएका हुन् ।
१८ पटक ग्रान्डस्लाम उपाधि जितेका जोकोभिचले अस्ट्रेलियन ओपनको तेस्रो चरणको खेल मासंपेशीको चोट बोकेका थिए । तर चोटले उनलाई नऔँ पटक अस्ट्रेलियन ओपन जित्नबाट बञ्चित गर्न सकेन ।
हाल विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेका जोकोभिच धेरै सात विश्व नम्बर एकका रुपमा रहने कीर्तिमानको नजिक छन् । रोजर फेडेररले राखेको कीर्तिमान जोकोभिचले आउँदो सोमबार तोड्ने छन् । जोकोभिच पछिल्ला तीन सय ११ साता देखि विश्व नम्बर एक रहँदै आएका छन् ।
मायामी ओपन पछि जोकोभिचले मोनाकोमा मोन्टे कार्लो मास्टर्समा भाग लिने छन् । अप्रिल ११ देखि १८ सम्म हुने उक्त प्रतियोगिता पछि जोकोभिच सर्बिया ओपनमा सहभागी हुनेछन् । यी तीन एटीपी इभेन्ट जोकोभिचका लागि फ्रेन्च ओपनका लागि तयारी प्रतियोगिता हुनेछन् ।
सन् २०१२ पछि पहिलो पटक बेलग्रेड फर्किएको सर्बियन ओपन अप्रिल १९ देखि २५ सम्म जोकोभिच टेनिस सेन्टरमा खेलाइनेछ । सो प्रतियोगिता पछि जोकोभिच मे १७ बाट सुरु हुने फ्रेन्च ओपनमा भाग लिन पेरिस जानेछन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया