भारतमा कोभिड-१९ संक्रमणबाट एकैदिन १०८ को मृत्यु

नयाँदिल्ली : कोभिड-१९ भाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप १८ हजार ३२७ जना सङ्क्रमित भएका मन्त्रालयले शनिबार जनाएको छ ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको छ । कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका मन्त्रालयले जनाएको छ ।
भारतमा कोभिडका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरूका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये सात लाख ५१ हजार ९३५ जनाको परीक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।
भारतमा देशभरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ । (रासस)

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया