टयालेन्ट भएपनि नेपालमा कलाकारले काम पाउन सकेनन् : मनिषा कोइराला

जनकपुरधाम : बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले नेपालका कलाकार धेरै ट्यालेन्ट भएपनि सही काम पाउन नसकेको बताएकी छिन् । शनिबार जनकपुरमा आयोजित जनकपुर महोत्सवमा बोल्दै अभिनेत्री कोइरालाले भनिन्, 'नेपालमा कलाकार र तिनीहरूमा ट्यालेन्टको कमी छैन तर उनीहरू सही ठाउँ नपाएको कारण नाम र दाम पाउन सकिरहेका छैनन् ।'
नेपालमा ट्यालेन्ट भएका कलाकारहरू भएपनि ठूलो बजेटको कममी रहेको अभिनेत्री कोइरालाले बताइन् । ठूलो बजेटको लगानी नहुँदासम्म नाम र पैसा कमाउन ग्राहो रहेको भन्दै उनले सिनेमा बनाउने प्रक्रिया लामो र कठिन हुने बताइन् ।
एक भ्रमणको स्मरण गर्दै उनले भनिन्, ‘मैले सानो सर्ट फिल्म स्टोरी फेस्टिवलको २/३ वर्ष अघि जजिंग गर्ने मौका पाएकी थिएँ । त्यसमा यस्तो राम्रो राम्रो सिनेमाहरू हेरे, त्यतिबेला मलाई लाग्यो, यहाँ ट्यालेन्टको कमी छैन ठूलो प्लेटफार्मको आवश्यकता छ ।'
अभिनेत्री कोइरालाले सोर्स फोर्सको बलमा मात्रै फिल्म क्षेत्रमा स्थापित हुन नसकिने बताइन् । अभिनयका लागि योग्यता, क्षमता र लगनशीलताको आवश्यकता रहेको आफूले अहिलेसम्म महसूस गरेको उनको भनाइ छ । दर्शकले कलाकारको आफन्तलाई होइन उनको कलालाई कदर गर्ने कोइरालाको धारणाा थियो ।
फिल्मी क्षेत्रमा कतिपय कलाकारका छोराछोरी भए पनि तिनीहरू मध्ये योग्य र मेहनती कलाकारहरू मात्र स्थापित हुन सकेका, बांकी फ्लप नै रहेको उनले बताइन् । उनले फिल्मी क्षेत्रमा मात्र होइन कुनैपनि क्षेत्रमा स्थापित हुन योग्यता क्षमता, आत्मविश्वास र कडा परिश्रम जरुरी हुने तर्क गरिन् ।

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

प्रतिक्रिया