मैथिली फिल्ममा अभिनय गर्ने इच्छा छ : राजेश हमाल

जनकपुरधाम : नेपाली अभिनेता राजेश हमालले मधेश र मैथिली क्षेत्रको प्रतिनिधित्व हुने गरी फिल्ममा काम गर्न इच्छा रहेको बताएका छन् । जनकपुरमा जारी साहित्य महोत्सवमा सिनेमाको रंग शिर्षकको सत्रमा अभिनेता हमालले देशको अधिकांश भाग र समूदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरूमा अभिनय गरिसकेको तर अब मधेश र मैथिली क्षेत्र प्रतिनिधित्व हुनेगरी फिल्ममा काम गर्ने इच्छा रहेको बताए ।
मधेश तथा मैथिली क्षेत्रको प्रतिनित्व हुने गरी फिल्ममा अहिलेसम्म किन गर्नु भएन भन्ने प्रस्तोताको जिज्ञासामा अभिनेता हमालले भने, 'देशको पूर्वदेखि पश्चिम र हिमालदेखि तराई मधेशका विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी फिल्ममा काम गरे । तर मैथिली भाषा र मिथिलाको प्रतिनिधित्व हुनेगरी फिल्ममा काम गर्ने अवसरै पाएन ।'
हमालले मैथिली फिल्ममा अभिनय गर्ने इच्छा र सोख भएपनि अहिलेसम्म कसैले अवसर नदिएको बताए । आगामी दिनमा मिथिलाको प्रतिनिधित्व हुनेगरी वा मैथिली भाषाको फिल्ममा अभिनय गर्ने अवसर पाएँ काम गर्ने हमालले बताए ।
हमालले नेपाली फिल्मले प्रविधिमा फड्को मारेपनि त्यो पर्याप्त नभएको बताए । नेपाली फिल्मले अझै विश्वस्तरमा प्रतिष्पर्धात्मक रूपमा उपस्थित हुनेगरी फड्को मार्न नसकेको उनको भनाइ छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया