दार्चुलामा जीप दुर्घटना हुँदा तीनको मृत्यु

धनगढी: दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका-६ उच्चाकोटमा ग १ च १६९३ नम्बरको जीप दुर्घटना भएको हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही वडाका ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका-८ का ७० वर्षीया सोनादेवी पन्त र सोही वडाका ४० वर्षीय पदमराज पन्तको मृत्यु भएको प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
१२ वर्षीय मुकेश पन्त, ७ वर्षीय बसन्त पन्त, ७० वर्षीया गंगादेवी पन्त र ७२ वर्षीय बुदिबल्ल पन्त घाइते भएका र उनीहरूको गोकुले अस्पपतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया