लागूऔषधसहित चार पक्राउ

कञ्चनपुर : बेलौरी नगरपालिका–१० पहाडी टोल नजिक क्षेत्रबाट सशस्त्र प्रहरीको सीमा इलाका गस्ती टोलीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई आज पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट भुडाबाट खटिएको गस्ती टोलीले चार ग्राम ब्राउनसुगरसहित कैलाली टिकापुर नगरपालिका–३ का २५ वर्षीय सन्तोष चौधरी र कञ्चनपुरको पुर्नवास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले चलाउँदै गरेको से३प ७५९२ नंको मोटरसाइकल, दुई थान मोबाइल र नगद रु दुई हजार १७० बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । पक्राउ परेका दुवैलाई मोटरसाइकल र बरामद लागूऔषधसहित आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।
यसैगरी कृष्णपुर नगरपालिका–४ का दुई जनालाई इलाका प्रहरी कार्यालय गुलरियाले लागूऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीवन ऐर र कमल दौल्याल रहेका छन् । दुवै जनाको साथबाट १८६ ग्राम लागुऔषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार पक्राउ परेकालाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस

सिकार खेल्न गएका युवाको गोली लागेर मृत्यु, १० जना पक्राउ

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

प्रतिक्रिया