आमाको गीतमा ब्वाइफ्रेन्डसँग साम्राज्ञीको रोमान्स

काठमाडौं : युवा पुस्तामाँझ लोकप्रिय अभिनेत्री साम्राज्ञी आरएल शाहले आमाले गाएको गीतमा मोडलिङ गरेकी छन् । आमा नेहा आरएल शाहको आवाज रहेको ‘तिमी र म’ बोलको गीतमा साम्राज्ञीले देवांश राणासँग स्क्रिन शेयर गरेकी हुन् ।
देवांश र साम्राज्ञी प्रेमी–प्रेमिका हुन् । साम्राज्ञीले गीत मन परेर नै अभिनयका लागि राजी भएको बताएकी छन् । ‘आमाले गाएको गीत भनेर होइन गीतको मर्म बुझेर र गीत राम्रो लागेर अभिनय गरेकी हुँ,’ उनले भनेकी छिन् ।
बोधी च्यानलबाट सार्वजनिक भएको गीत रमेश एम के पौडेलले निर्माण गरेका हुन् । भिडियोका निर्देशन बिशेषदेव पाण्डेले गरेका हुन । विराज गौतमले लेखेको यो गीतमा संगीत पनि उनकै रहेको छ ।
संगीतमा सानै देखि रुची राख्ने नेहाले विभिन्न समयमा गरी थुप्रै गीत रेकर्ड गराएकी छिन् । यसअघि उनको स्वरमा रेकर्ड भएको गीत ‘मेरो मनको सपना र फूली फूल्यो’ले राम्रै चर्चा पाएको थियो । नेहाले आफ्नो स्वरमा रेकर्ड भएका र रिलिज हुन बाँकी आधा दर्जन गीतहरू क्रमश सार्वजनिक गरिंदै जाने जानकारी जानकारी दिएकी छन् ।
भारतीय संगीत गुरूसँंग चार वर्ष शास्त्रीय संगीतको प्रशिक्षण लिएकी नेहाले आफू जीवन र जगतसँगै माया र साथ अनि जीवन संघर्षका गीत रुचाउने बताएकी छन् ।

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

प्रतिक्रिया