गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

लहान : एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका-५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका-१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका हुन् ।
फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे ।
इन्टरप्राइजेजका सञ्चालक जय साहले माछाको सबै समस्या सामाधान हुने भन्दै सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) दिएको र त्यही औषधि प्रयोग गरेको २४ घण्टा नबित्दै माछा धमाधम मरेको उनको भनाइ छ ।
करिब दुई महिनाअघि मात्र यादवले सो पोखरी रु आठ लाखमा तीन वर्षका लागि ठेक्का लिएका थिए । ठेक्का लिएलगत्तै हालेको विभिन्न प्रजातिका लाखौँ मूल्य बराबरका माछा सखाप भएको यादवले बताए । यता इन्टरप्राइजेजका सञ्चालक साहले आफ्नो औषधिले माछा नमरेको जिकिर गर्दै आएका छन् । रासस

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

चट्याङ लागेर रोहिताको मृत्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_iF4OBknMjV_3md7sdtkg4a0pzbci3rj4xxbemw0pfvurmqzgxb84sbtcr3emurwcwmxbdgg_Qm9i0dWq25_pxxekkulrmfywmly1xjmgqr6eyudzak3pbzdefwuhsjjyrmiscfg5jgkivya.jpg)
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_gDyvn9W7LB_xzm1abugyvx3uq1fl3lda0gdkjnodfmujmau2pxaczo7f0sg0tkto7mdhqfq.jpg)
प्रतिक्रिया