प्रधानमन्त्री ओलीले लगाए कोभिड खोप

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर ओलीले खोप लगाएका हुन् । यस्तै आजै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले खोप लगाएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा कोभिडविरुद्धको खोप लगाए । तस्बिर : गृहमन्त्रीको सचिवालय
योसँगै दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ भएको छ । प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको हो । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।
यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।
यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

प्रतिक्रिया