भएकै हो त पूजा र आकाशको ‘प्याचअप’ ?

काठमाडौं : पूजा शर्मा र आकाश श्रेष्ठको मित्रताको खबर कुनै नयाँ चिज होइन । ‘राम कहानी’बाट सुरु भएको यो मित्रता यति गाढा छ कि दुवैलाई सार्वजनिक जीवनमा एक्लै देख्न मुस्किल पर्छ । तर एक महिनायता दुवैको बीचमा खटपट चलिरहेका खबर नआएका होइनन् ।
खासगरी आकाश श्रेष्ठ ‘हिँड्दा हिँडदै’को सुटिङमा व्यस्त भएपछि दुवैबीच खटपट सुरु भएको बताइन्छ । यही फिल्मको सुटिङ चलिरहेको समयमा नै आकाशले पूजासँग आफ्नो ब्रेकअप भएको बताएका थिए । तर, केही समयपछि नै दुवै पूर्ववत सम्बन्धमा फर्किएका थिए ।
आकाश र पूजा अलग भएको खबर दोस्रो पटक फैलियो जब नरेश भट्टराईको कार्यक्रम ‘मेरो एउटा साथी छ’मा पूजा र आकाश खुलेर बोलेनन् । त्यो कार्यक्रम भरि पूजाले आकाशलाई राम्ररी हेर्दा पनि हेरेकी थिइनन् ।
जब यो कार्यक्रम युट्युबमा आयो, पूजा आकाशका फ्यान पूजासँग रिसाए । कमेन्टभरी फ्यानले पूजा र आकाशलाई विवाह गर्न दबाब दिएका थिए । तर, जब पूजाले सबले आफूलाई गाली गरेको देखिन्, उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै कलाकारिता गर्ने क्रममा धेरै कलाकारसँग जोडी बाँधिने र रुचाइन गरे पनि त्यो सम्बन्ध व्यवसायिक मात्र हुने उनको धारणा थियो ।
उनले जे गरे पनि फिल्म क्षेत्रलाई साक्षी राख्ने बताएकी थिइन् । उनको स्ट्याटसमा उनले सिधा सिधा फ्यानलाई अनावश्यक दबाब नदिन संकेत गरेकी थिइन् । पूजाको यो स्ट्याटसले आकाश र पूजाबीचको सम्बन्ध राम्ररी नै भत्किएको अनुमान गरिएको थियो ।
अझ त्यही कार्यक्रमको सुटिङमा पनि आकाश र पूजा आआफ्नै तरिकाले आएको स्रोत बताउँछ । स्रोतका अनुसार सुटिङ सकेपछि पनि पूजा आकाशको घर पुर्याइदिने प्रस्ताव लत्याएर एक्लै गएकी थिइन् ।
तर, शनिबार फरक दृश्य देखियो । बत्तिसपुतलीमा भएको एउटा म्युजिक भिडियोको मनोनयन कार्यक्रममा आकाश र पूजासँगै मात्र गएनन् , मिडियासँग पूजाले आकाशले रिस उठाएको पोल पनि खोलिन् । छेऊमा रहेका आकाशले मिल्ने साथीबीच कहिलकाहिँ झगडा हुने बताए ।
शनिबारको दृश्य हेर्दा पूजा र आकाशबीच फेरि ‘प्याचअप’ भएको देखिन्छ । दुवैको प्याच अप भएर ठीकै भो नत्र त फ्यान र युट्युबरको बिचल्ली नै हुन्थ्यो ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया