बलिउड कलाकार मिथुन पनि बिजेपीमा

काठमाडौँ : भारतीय राजनीतिमा कलाकारहरूको संलग्नता नौलो होइन । नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएपछि धेरै कलाकार सत्तारुढ पार्टीसँग जोडिएका छन् । पछिल्लो पटक मिथुन चक्रवर्ती बिजेपीसँग जोडिने कलाकारको सूचीमा परेका छन् ।
मिथुन बिजेपी जाने हल्ला केही समय यता चल्दै आएको थियो । बिजेपीले आइतबार कोलकातामा गर्न लागेको कार्यक्रम स्थलमा मिथुन पुुग्दा चल्दै आएका हल्ला पुष्टी भयो । प्रधानमन्त्री मोदी कोलकातामा आयोजना हुने र्यालीमा सहभागी हुने तालिका छ । र्याली कोलकाताको ब्रिगेड परेड ग्राउण्डबाट सुरु हुने बताइएको छ । मोदी अगाबै मिथुन त्यस स्थलमा पुगेका हुन् ।
शनिबार साँझ नै बिजेपीका स्थानीय नेता कैलाश विजयभर्गियाले मिथुन मोदीले सम्बोधन गर्ने र्याली तथा कार्यक्रममा सहभागी हुने जनाएका थिए । राजनीतिक महत्वकांक्षा बोकेका मिथुन यसअघि त्रिनामुल कंग्रेस (टीएमसी) सँग सम्बद्व थिए । सन् २०११ देखि पश्चिम बंगालमा सरकार चलाइरहेको त्रिनामुलबाट मिथुन राज्यसभाका लागि मनोनित समेत भएका थिए । तर सन् २०१६ मा मिथुनले स्वास्थ्यको कारण देखाउँदै राज्यसभा सदस्यबाट राजीनामा दिएका थिए ।
पश्चिम बंगालमा आउँदो मार्च २७ बाट निर्वाचन सुरु हुँदैछ । त्यसका लागि प्रधानमन्त्री मोदी पूर्वी राज्यको दौडाहामा निस्किएका छन् । आइतबार आयोजना हुने र्यालीमा करिब १० लाख मानिस उत्राने लक्ष्य बनाइएको छ । र्यालीमा सहभागी हुनेहरुका लागि मिथुन आकर्षणको केन्द्र बन्नेछन् ।
पछिल्लो समय बिजेपी र पश्चिम बंगालमा सरकार चलाइरहेको टीएमसीबिच एक अर्काको नेता तथा कार्यकर्ता तान्ने प्रतिस्पर्धा चलिरहेको छ । त्यति मात्र होइन, कलाकार, क्रिकेट खेलाडी लगायतका लोकप्रिय सामाजिक ब्यक्तित्व आ–आफ्नो पार्टी तर्फ आकर्षित गर्ने लक्ष्यमा पनि दुई पार्टी लागिरेहका छन् । (हिन्दुस्तान टाइम्सबाट)

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया