अर्थमन्त्रीको निर्देशनपछि निर्जीवन बिमा कम्पनीको शेयरमा पहिरो

काठमाडौं : शेयर बजार परिसूचक (नेप्से)मा २.३९ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १६४०.६४ अंकमा रोकिएको छ । निर्जीवन बिमा कम्पनीको शेयरमा ठूलो गिरावट आएको छ । कोभिड-१९ विरुद्धको बीमाको दाबी भुक्तानी दाबी परेको एकसाता भित्र दिनुपर्ने बीमा समितिको मंगलबारको निर्देशनको असर बुधबार शेयर बजारमा देखिएको छ । निर्जीवन बिमा कम्पनी उपसमूहको परिसूचक ८८.६८ अंकले गिरावट आएर ८,२०६.६८ अंक कायम भएको छ ।
कोभिड-१९ विरुध्दको बिमाको भुक्तानी दाबी परेको एकसाताभित्र दिन अर्थमन्त्री विष्णु पौडेलको निर्देशनपछि बीमा क्षेत्रको नियामक बिमा समितिले उक्त निर्देशन जारी गरेको थियो । यो निर्देशनका कारण निर्जीवन बिमा कम्पनीहरुको घाटा बढ्न सक्ने अनुमान शेयर बजारमा प्रतिबिम्बित भएको हो । निर्जीबन बीमा कम्पनीहरुको शेयर बेचेर बाहिरिने धेरै भएकाले यो उपसमूहको परिसूचकमा गिरावट आएको हो ।
व्यापार, होटल, जलविद्युत्, म्युचुअल फण्ड र अन्य उपसमूहबाहेक सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ उपसमूहको परिसूचक ३.०४ अंकले गिरावट आइ १,३०९.५४ अंक कायम भएको छ । त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ११.४२ प्रतिशतले गिरावट आइ २,१००.९७ अंकमा अडिएको छ । वित्त उपसमूहको परिसूचक २.८८ अंकले गिरावट आएर ८६४.७२ अंकमा रहेको छ । जीवन बीमा उपसमूहको परिसूचकमा पनि १२.६७ अंकले गिरावट आइर ९,७०३.७८ अंकमा रोकिएको छ । लघुवित्त र म्यानुफ्याक्चरिङ उपसमूहको परिसूचकमा क्रमश ३.६६ अंक र ०.११ अंकको गिरावट आएको छ ।
ट्रेडिङ र होटल उपसमूहको परिसूचक भने क्रमशः २५.३१ अंक र ४.६७ अंकले बढेर क्रमशः १,२४५.४६ र १,७५२.४९ अंकमा रहेका छन् । जलविद्युत् उपसमूहको परिसूचक १.५८ प्रतिशतले बढेर १,४१८.५ अंकमा रहेको छ । नेपाल टेलिकमको समेत सेयर सूचीकृत अन्य उपसमूहको परिसूचक ५.३९ अंकले उक्लेर १,०८१.६९ अंकमा पुगेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक झिनो ०.०१अंकले बढेर १०.९१ अंकमा पुगेको छ ।
बुधबार नेप्सेमा २०२ कम्पनीको ५६ लाख ३१ हजार ६ सय चार कित्ता शेयर किनबेच हुँदा चौबीस हजार ८२ ओटा कारोबार भएका थिए भने १ अर्ब ७५ करोड ७५ लाख रुपैँया मूल्यको सेयर किनबेच भएको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

सरकारले ९ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठायो, साढे दुई खर्ब बढी साँवा–ब्याज त…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

प्रतिक्रिया