वर्षाको ‘कालीपुरुष’ अब ‘ए साथी सुन, चैत १ देखि सुटिङ

काठमाडौं : वर्षा सिवाकोटी यतिबेला घुमघाम र अस्पतालको मिटिङका लागि भन्दै दुबई पुगेकी छिन् । दुबईमा सुटिङ हुन लागेको ‘सम्हालिन्छ कहिले मन’को टोलीसँगै वर्षा पनि दुबई उडेकी हुन् ।
त्यहाँबाट फर्केपछि भने उनले ‘ए साथी सुन’ शीर्षकको फिल्ममा अभिनय गर्नेछिन् । केही दिन अघि मिडियामा उनले यो फिल्म सम्झौता गरेको फोटो बाहिरिएको थियो । तर, समाचारमा फिल्मको नाम ‘कालीपुरुष’ रहेको बताइएको थियो । तर, सुटिङको पूर्व सन्ध्यामा फिल्मको नाम परिवर्तन भएको छ ।
अब यो फिल्म ‘ए साथी सुन’ नाममा फ्लोरमा जानेछ । फिल्मको सुटिङ चैतको १ गतेबाट गर्ने तयारी भइरहेको छ । राम राघव आचार्यको निर्देशन रहेको फिल्ममा वर्षाले नवनायक रमेश बानियाँसँग स्क्रिन सेयर गर्नेछिन् ।
धरानमा सुटिङ हुने फिल्म सस्पेन्स थ्रीलर विधामा निर्माण हुने निर्माण टिमले जनाएको छ । फिल्मको एक गीतमा किरण भुजेल र अन्जु पन्तको स्वर रहेको छ । फिल्ममा जयनन्द लामा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । बिना कार्कीले निर्माण गर्न लागेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन रहनेछ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया