बार्सिलोनाका नयाँ अध्यक्ष लार्पोटा भन्छन्, मेस्सी रहने संकेत प्राप्त भयो

काठमाडौँ: बार्सिलोनाको अध्यक्षमा आइतबार निर्वाचित भएपछि जोआन लार्पोटाले आफ्नो पहिलो प्राथमिकता लियोनल मेस्सीलाई क्लबमा रहन मनाउनु भएको बताएका छन् । निर्वाचनको नारा नै मेस्सीलाई बनाएका लार्पोटाले अर्जेन्टिनियन फरर्वाडले मतदानमा सहभागी भएर क्याट्लन क्लब प्रति माया दर्शाएको पनि बताए ।
‘मेस्सीले मतदानमा सहभागी भएर सन्देश दिएका छन् । बीस वर्ष अघि बार्सिलोनाको युवा टिमबाट करियर सुरु गरेका मेस्सी आज विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनी भोट हाल्न आउनु भनेको क्लबलाई माया गर्नु हो । मेस्सीले बार्सिलोनालाई माया गर्छन । त्यो भनेको उनी क्लबमै रहने संकेत हो,’ लार्पोटाले भने ।
यसअघि सन् २००३ देखि २०१० सम्म बार्सिलोनाको अध्यक्ष रहेका लार्पोटा र मेस्सीबीच समुधुर सम्बन्ध रहेको विश्वास गरिन्छ । त्यसकारण पनि लार्पोटा अध्यक्ष भए मेस्सी बार्सिलोनामै रहने अनुमान सुरुबाटै गरिदै आइएको थियो ।
मेस्सीको बार्सिलोनासँगको सम्झौता यसै सिजनको अन्त्यबाट सकिँदैछ । पछिल्लो पटक सन् २०१७ मा बार्सिलोनासँग नयाँ सम्झौता गरेका मेस्सीले गत जनवरीमा अर्को क्लबसँग स्थान्तरणका लागि कुराकानी गर्न सक्थे । तर उनले त्यसो गरेनन् । पेरिस सेन्ट जर्मेन (पीएसजी), मयानचेस्टर सिटी लगायतका क्लब मेस्सीलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइएको छ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया