आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

पेरिस सम्झौताबाट बाहिरियो अमेरिका

वासिङ्टन :  संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ । अमेरिका बुधबार सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत वर्षदेखि शुरु गरेको अभियानबाट बुधबार अमेरिका औपचारिक रुपमा बाहिरिएको हो ।

सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१९ को नोभेम्बार ५ देखि शुरु गरेको थियो । त्यस निर्णयको कार्यान्वयन बुधबार भएको हो । विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धी सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्ति राष्ट्रहरुसँग सम्झौता गरेको थियो ।

सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो । तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि  सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका हुन् । अमेरिकाको यो निर्णयको विश्वका प्राय देशहरुले विरोध गरेका थिए । तर पनि ट्रम्प प्रशासनले सम्झौताबाट अमेरिका बाहिरिने अडान लिएको थियो ।

केही महिना अघिसम्म उक्त सम्झौताबाट नहट्न अमेरिकालाई विश्वका नेताहरुले आग्रह गरिरहेको भए पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने निर्णय मानेनन् ।

(रासस/एएनआई)