रक्सी छुँदा मरणासन्न
अरुको घर बनाइदिएर आफ्नो घर चलाउने युवराज अब संसार देख्न सक्दैनन्

पोखरा : फागुन १६ गते । बेलुकाको ७ बज्दै थियो । म्याग्दी बेनी नगरपालिका–१ का युवराज सुनार (४८) काम सकेर निस्किए । स्थानीय सन्तु नेपालीको घर बनाउने काममा लागेका उनी गैह्राटोलतिर लागे । उनको घर जाने बाटो सन्तुको निर्माणाधीन घरबाट केही माथि पर्छ । तर उनी घर नगई तलतिर ओर्लिए ।
सँगै काम गरेका अरु साथीले उनी कता हिँडे भन्ने मतलब गरेनन् । युवराज स्थानीय पसलमा छिरे, अनि रक्सी मागे । साढे ७ भइसकेको थियो ।
दिनभरको कामले उनी थकित थिए । त्यही बेला उनीमाथि कुटपिट भयो । पसल माथिका कसैले सुइँको पनि पाएनन् । पसलमा उनलाई ३ पुरुषले मरणासन्न हुने गरी कुटे । युवराजको घरमा छोरा, छोरी र श्रीमती छन् । ससाना छोराछोरी अँध्यारोमा बुबालाई खोज्न जान सक्दैनथे । ‘बा आउँछन्’ भनेर ३ जना कुरिरहे ।
रात छिप्पिदै गयो । युवराजको अत्तोपत्तो भएन । श्रीमती ताराको मनमा चिसो पस्यो । खबर गरिन् गाउँकै हर्ताकर्ता युवालाई । राति १ बजे युवराजकहाँ छन् भन्ने पत्तो लाग्यो । युवराज भेटिँदा पलाएको ताराको खुसी छिनभरमै हरायो ।
युवराज बाटोमा रगताम्मे थिए । आँखा र दाहिने खुट्टामा चोट देखिन्थ्यो । शरीरभर निलडाम थिए । राति नै परिवारले युवराजलाई बागलुङ अस्पतालमा लगे ।
बागलुङ अस्पतालले केही उपचार गर्यो । आँखामा गम्भीर चोट देखिएकाले तत्काल पोखराको हिमालय आँखा अस्पताल घारीपाटन रेफर गरियो । परिवारले युवराजलाई आँखा अस्पताल ल्याए ।
घारीपाटन ल्याइएका युवराजको शरीर काम्दै थियो । उनको शरीरमा ‘एनर्जी लो’ भएपछि आँखाको उपचार गर्न नसकिने भन्दै आँखा अस्पतालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजान सुझाव दियो । पश्चिमाञ्चल अस्पतालमा आइसियु खाली नभएको भनिएपछि युवराजलाई १७ गते बेलुकामात्र पश्चिमाञ्चल सामुदायिक अस्पताल ल्याइयो ।
अहिले युवराजको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । कसैका लागि घर बनाइदिएर आफ्नो घर चलाउने उनी अब संसार देख्न सक्दैनन् । उनको आँखाको ज्योति गुमेको छ ।
अस्पताल ल्याइसकेपछि उनको होस आएको थियो । होसमा भएका बेला युवराजले आफूलाई ‘रक्सी छोइस् भन्दै कुटेको’ आफन्तलाई बताएका थिए ।
युवराजका भाइ गोविन्दका अनुसार युवराजलाई यसअघि पनि पटक पटक जातीयताकै आधारमा दुव्र्यवहार गरिएको थियो । शारीरिक आक्रमण भएको भने यो पहिलो पटक हो । युवराजमाथि काँटा, चम्चा र रड प्रहार गरिएको गोविन्दको दाबी छ । ‘काँटा, चम्चाले अनुहार र रडले खुट्टामा हानेको देखिन्छ । अब यो मर्यो भनेर नै फालेका हुन् उनीहरूले,’ गोविन्दले भने ।

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_igwVVcSA05_ipsnabduph8pjqawabuboi0bw1z8aaq0sss8eyg9irskhkaezbx6qufdyvw8.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

गोरखामा डढेलो नियन्त्रण प्रयासः पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग

हिम पहिरोमा बेपत्ता दुई जना शेर्पा भेटिएनन्

प्रतिक्रिया