आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

नारी दिवसमा पठाओद्वारा उत्कृष्ट २५ महिला राइडरलाई सम्मान

काठमाडौँः अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरलाई सम्मान गरेको छ । उनीहरूलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालका अनुसार कार्यक्रममा महिला राइडरहरुले अनुभव आदानप्रदान समेत गरेका छन् । ‘महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम रोजगारी हो,’ हमाले भनिन्, ‘पठाओमा महिला दिदीबहिनीको संख्या बढिरहेको छ । यो देख्दा हामीलाई निकै खुशी लागेको छ ।’

पठाओ नेपालमा हाल करिब एक हजार छ सय जना महिला राइडर आवद्ध छन् । जसमध्ये करिब तीन सय दैनिक रुपमा सक्रिय छन् । उनीहरूको मासिक करिब २५ हजारदेखि ३० हजारसम्म कमाउने गरेको हमालले बताइन् ।