नरैनापुरमा २२ घर जलेर नष्ट

बाँके : बाँकेको नरैनापुर गाउँपालिका-१ स्थित सुईयामा आगलागी भएको छ । स्थानीय मनिजर पासीको घरबाट सुरु भएको आगोले २२ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् । दमकल, स्थानीय र प्रहरीको प्रयासमा आगो नियन्त्रण आएको बाँके प्रहरीले जनाएको छ ।
सोमबार विहान साढे ११ बजे तिर लागेको आगो नियन्त्रणको लामो प्रयास पछि दिउसो मात्र नियन्त्रणमा आएको हो । आगलागीबाट कुनै मानविय र पशुचौपायामा क्षती नभएपनि घर र घरभित्र रहेका सम्पुर्ण लक्ता कपडा लगायतका सामान जलेर नष्ट भएका छन । आगलागीबाट २२ घरपरिवारका ९४ जना पूर्ण प्रभावित भएका छन् भने ४ वटा गोठ जलेर खारानी भएका छन् । आगलागीबाट २७ लाख ४० हजारको क्षति भएको अनुमान गरिएको छ ।
आगालागी भएकै दिन प्रभावित परिवारलाई राहत बितरण गरिएको छ । नगद र गैरखाद्य राहत सामग्राी ६ घण्टा भित्र घटना स्थलमानै पुगी वितरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एबं बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँगको नेतृत्वमा घटनास्थल पुगेको राहत वितरण टोलीले प्रति परिवार रु. १५ हजारका दरले २२ घरपरिवारलाई नगद प्रदान गरिएको थियो ।

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

प्रतिक्रिया