आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

जेल व्यवस्थापनका लागि बुरूण्डीमा ४० प्रतिशत कैदी जेलमुक्त

सांकेतिक तस्बिर

बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त गर्ने निर्णय सोमबार गरेको छ । 

कैदीहरूको सजायँ माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २२५ कैदीलाई जेलमुक्त गर्न लागिएको एएफपीलाई प्राप्त राष्ट्रपतिको निर्देशन पत्रमा उल्लेख छ । 

अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था ‘क्रिश्चियन्स फर एबोलिसन फर टर्चर’को बुरुन्डियाली शाखाको अनुमान अनुसार बुरूण्डीमा १३ हजार २०० कैदीहरू रहेका छन् र राष्ट्रपतिको आममाफीको निर्देशनबाट यसको ४० प्रतिशत कैदी प्रत्रिया पुर्‍याएर जेलमुक्त हुनेछन् ।

पूर्वी अफ्रिकी यस मुलुकमा जेलहरुको क्षमता चारहजार १०० कैदी राख्न मिल्ने रहेको छ । प्रस्तावित निर्देशनमा राष्ट्रपति इभारिस्त एनडेसिमियाले भने, 'सरकारले कैँदलाई भीडभाडमुक्त गराउनका लागि ल्याएको प्रस्तावप्रति राष्ट्रपतिका रूपमा आफू सहमत बनेको र यस्ता किसिमका विशेष उपायले जेलमा अत्यधिक भीड हुने अवस्थालाई हल गर्नेछ ।' 

राष्ट्रपतिको निर्देशनमार्फत् कँैद मिनाह गर्न लागिएका कैदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका कैदीबन्दी, जसले पाँच वर्षभन्दा बढी कैँद बिताइसकेका छन्, समेत रहेका छन् ।

आममाफीमार्फत् कैँद मिनाहको निर्णय बुरूण्डीका जेलहरूको भीडलाई नियन्त्रण गर्न उपयुक्त निर्णय भएको भन्दै बुरूण्डीका निर्वासन जीवन बिताइरहेका नागरिक समाजका एक अगुवा नेताले कदमको स्वागत गर्नुभएको छ । 

गत वर्ष पियरे एनकुरिन्जजाको उत्तराधिकारीका रूपमा आएका राष्ट्रपतिको निर्णयलाई त्यहाँको प्रतिपक्षी दलले पनि स्वागत गरेको सरकारी दावी छ । (एएफपी)