प्रदेश १ मा सुरक्षित शेरधन

विराटनगर : अढाइ महिनादेखि अन्योलमा रहेको प्रदेश-१ सरकारको भविश्य सर्वोच्च अदालतको फैसलापछि सुरक्षित भएको छ । अदालतको फैसलासँगै सोमबार नेकपाका दाहाल-नेपाल समूहले आ-आफ्नो पुरानो पार्टीभित्रै बसेर एकताको प्रयास गर्ने निर्णय गरेसँगै धरापमा परेको शेरधन राईको सरकार सुरक्षित भएको छ ।
नेकपामा आएको विभाजनसँगै गएको पुस १२ गते दाहाल-नेपाल समूहका ३७ जना सांसदले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । माघ ७ गतेबाट सुरु भएको प्रदेशको हिउँदे अधिवेशनमा फागुन ९ गते मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव सदनमा टेवल भएको थियो । कांग्रेसले समयमा नै निर्णय नगर्दा राईको सरकार अविश्वासको प्रस्तावबाट जोगिन पुग्यो ।
अब अदालतको फैसलासँगै पुरानै अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलगअलग भएपछि शेरधनको सरकार बलियो भएको छ । राई नेकपा एमालेको संसदीय दलमा बहुमतमा छन् भने प्रदेश १ मा नेकपा एमालेको एक्लै बहुमत छ । नेकपा एमालेको संसदीय दलबाट राईलाई हटाउन २६ मत अवश्यक पर्छ भने राईको पक्षमा ३१ जना सांसद यस अघिनै खुलिसकेका छन् ।
प्रदेश-१ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट संख्या हो । तत्कालीन एमालेका ५१, माओवादी केन्द्रका १६ जना सांसद छन् । कांग्रेस २१, जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ । प्रदेशमा सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।
मुख्यमन्त्री राई विरुद्ध दाहाल नेपाल समुहका ३७ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । राईले सदनमा अविश्वासको प्रस्तावलाई सवै उपाए लगाएर पछि सारे । जसका कारण सुरक्षित अवतरण हुने अवस्थामा पुग्यो । समय अवधि लम्बिँदै जाँदा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने मध्येका ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएर राई पक्षमा उभिए । अहिलेको गणितीय संख्या हेर्ने हो भने राईको पक्षमा ३१ जना भन्दा बढी संख्या छ । एमालेका ५१ जनामध्य प्रदिप कुमार भण्डारी सभामुख छन् ।
तीन वर्षअघि नेकपा प्रदेश संसदीय दलको नेतामा निर्वाचित हुँदा राईले २६ मत ल्याएका थिए । उनीसँगै प्रतिष्पर्धामा उत्रिएका भीम आर्चायले २४ मत पाएका थिए । प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमा आर्चायलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो । तर तीनमा वर्षमा २४ मतबाट झरेर आर्चाय १९ मतमा सिमित हुन पुगेका छन् । प्रदेश सभाको बैठक चैत्र २ गते बोलाएको छ । अब अविश्वासको प्रस्ताव फिर्ता हुने अवस्था आएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया