रघुजी पन्तविरूद्ध कोमल वलीले हालिन् मुद्दा

काठमाडौँ : राष्ट्रिय सभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मद्दा दायर गरेकी हुन् ।
नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सबैतिर तीब्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको वलीले बताइन् ।
नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीमाथि लैंगिक हिंसा भएको उनको भनाइ छ । ‘उहाँले माफी माग्नुभएको छैन,’ उनले भनिन्, ‘मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले मसँग माफी माग्नुभएको छैन । र यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारण मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेको हुनाले मुद्धा दर्ता गर्दैछु ।' अदालतले जे निर्णय गरे पनि त्यसलाई आत्मसात् गर्ने उनले बताइन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया