थपिए ५९ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
आज ६० संक्रमित कोभिडमुक्त भएका छन् भने हालसम्म दुई लाख ७० हजार ९८७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले ८७० जना आइसोलेसनमा छन् भने ५६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९९ हजार ९५० वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया