यमनको आप्रवासी शिविरमा भएको आगलागीमा मृत्यु हुने ६० पुगे

साना : यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । मंगलबार बिहानसम्ममा आगलागीमा परेर ज्यान जानेको संख्या ६० पुगेको सुरक्षा अधिकारीहरूले बताएका छन् । आगलागीमा शिविरका कर्मचारी परेको बताइएको छ ।
कतिपय यहाँ ज्यान गुमाउनेमा अफ्रिकी नागरिक पनि परेका सुरक्षा अधिकारीले जानकारी दिए । आगलागीमा एक सय जना भन्दा बढी घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । संगठनले आगलानीमा जलेका र अरु घाइतेहरूलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ ।
आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले दिएको जानकारी अनुसार आगलागीका कारण धेरै मानिस अझै जलेका छन् र केही भागदौडमा परेर घाइते भएका छन् । उनले मंगलबार पनि आफ्नो ट्वीटरमार्फत् केही घाइतेहरूको अवस्था गम्भीर रहेको पनि जानकारी दिए । आईओएमले विशेषगरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले जानकारी दिए ।
सोमबार आगलागीमा परेर आठ जनाको मात्र मृत्यु भएको बताइएको थियो । ज्यान जानेमा कतिपय नागरिक अवैध रूपमा अफ्रिकाबाट यमन पसेका पनि छन् । उनीहरू त्यहाँ आउनुअघि प्रस्थानसम्बन्धी प्रक्रिया पनि पूरा नगरेको पाइएको पनि एक समाचारमा जनाइएको छ ।
आगलागीमा परेकामध्ये सोमबार राति र मंगलबार बिहानसम्म ६० जनाको मृत्यु भएको हो । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन । यमन गएका केही वर्षदेखि हिंसाको चपेटामा परेको छ । हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । हिंसाका कारण यमनका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परिरहेको पनि बताइएको छ । (रासस)

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया