मेयर कपमा बागमती र पुलिसको जित

काठमाडौँ: मेयर कपमा मंगलबार बागमती प्रदेश र नेपाल पुलिस क्लबले जित दर्ता गरेका छन् । प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बागमतीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २७ रनले पराजित गर्यो । उता विभागिय डर्बीमा पुलिस त्रिभुवन आर्मीविरुद्व तीन विकेटले विजयी भयो ।
कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ् गरेको बामतीले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै दुई सय ३३ रन बनायो । जवाफी ब्याटिङ गरेको एपीएफले टस ४४.५ ओभरमा दुई सय छ रन मात्र बनायो ।
बागमतीको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । ज्ञानेन्द्रले ८४ बलको सामना गर्दै सात चौकाको सहयोगले ५७ रन बनाए । त्यस्तै नन्दन यादवले अविजित ६० रनको योगदान गरे । नन्दनले ५६ बलको सामना गर्दा सात चौका प्रहार गरे । बागमतीका लागि पारस खड्का र इशान पान्डेले क्रमशः २९ र ३१ रन जोडे ।
एपीएफका लागि किशोर महतो र अमर रौतेलाले दुई–दुई विकेट लिए । त्यस्तै, अविनाश बोहोरा र बसन्त रेग्मीले समान एक-एक विकेट हात पारे ।
एपीएफका लागि ओपनर आसिफ शेखले ५० रन बनाए पनि विभागिय टिमको हार टार्न सकेन । त्यस्तै, शंकर राना, सन्दिप जोरा र अमर रौतेलाले क्रमशः २९, २५ र २७ रन जोडे । बागमतीका लागि सोनु देवकोटाले छ विकेट लिए । त्यस्तै, रामनरेश गिरी र अरियो पौडेलले दुई-दुई विकेट हात पारे ।
दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०.१ ओभरमा ८७ रन बनायो । आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले पाँच विकेट लिए । त्यस्तै पवान सर्राफले तीन र ललित राजवंशीले दुई विकेट लिए । आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । त्यस्तै, रोहित पौडेल र विक्रम सोबले क्रमशः १३ र १४ रन बनाए । आर्मीका बाँकी खेलाडीले भने दोहोरो अंक छुन सकोनन् ।
आर्मीले दिएको ८८ रनको लक्ष्य पछ्याएको पुलिसका लागि सुनिल धमलाले ३९ रन बनाए । त्यस्तै पवन सर्राफले २२ रन जोडे भने दिलिप नाथले १५ रनको योगदान गरे । बलिङतर्फ आर्मीका शहब आलमले सात विकेट हात पारे ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया