लागूऔषधसहित दुई युवक पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका १ का २० वर्षीय दिले बिक र धनुषाको मिथिला नगरपालिका ९ का २७ वर्षीय मनोज मगर रहेको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
औरही नगरपालिका-४ स्थित अस्थाई प्रहरी पोष्ट कठ्ठुधारबाट खटेको प्रहरीको गस्ती टोलीले सिमावर्ती क्षेत्र सम्सीबाट गौशालातर्फ आइरहेको मोटरसाइकल चेकजाँच गर्दा ३ सय १७ पिस नाइट्रोभेट ट्याब्लेटसहित बिक र मगरलाई पक्राउ गरिएको बिष्टले बताए ।
प्रहरीले मोटरसाइकल चालक बिकको साथबाट नाईट्रोभेट ट्याबलेट १ पत्ता र मोटर साइकलको सिट मुनी लुकाएर राखेको २० पत्ता गरी ३१७ पिस नाईट्राभेट ट्याबलेट बरामद गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार मनोजलाई पक्राउ गरिएको प्रवक्ता विष्टले बताए ।
दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध मुद्दामा थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया