नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र

काठमाडौँः नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् ।आज बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । दुई डेपुटी गभर्नरमध्ये ढुंगाना वरिष्ठ डेपुटी गभर्नर हुन् ।
मिश्र विदेशी विनिमय विभागका कार्यकारी निर्देशक थिए भने ढुंगाना राष्ट्र ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक थिइन् । ढुंगाना केन्द्रीय बैंकमा डेपुटी गभर्नर बन्ने पहिलो महिला समेत भएकी छिन् ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर फागुन १८ देखि रिक्त भएको थियो । यसअघिका डेपुटी गभर्नरहरू चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ सेवा निवृत्त भएसँगै उक्त पद रिक्त थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नरको सिफारिशमा अर्थमन्त्रीले प्रस्ताव मन्त्रिपरिषद्मा लगेर डेपुटी गभर्नरको नियुक्ति हुन्छ । डेपुटी गभर्नरका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार जना कार्यकारी निर्देशकको नाम अर्थ मन्त्रालय समक्ष सिफारिश गरेका थिए ।
डेपुटी गभर्नर नियुक्त दुईका अतिरिक्त अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अर्थमन्त्रीका सल्लाहकार समेत रहेका अर्का कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठलाई सिफारिश गरिएको थियो ।

नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क ट…

एमएडब्लू वृद्धिले निर्माण गर्यो नेपालभर १ सयभन्दा बढी स्थानमा चार्जिङ स्टेसन

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

प्रतिक्रिया