पिकअपको ठक्करले मृत्यु

सप्तरी : पिकअप गाडीको ठक्करबाट सप्तरीमा आज एक व्यक्तिको घटनास्थलमा मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-१ जण्डौलमा प्रदेश नं ३-०१-०२४च ४२६९ नम्बरको पिकअपले दिएको ठक्करले सोही ठाउँका २८ वर्षीय दीपक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको पिकअप गाडीले सोही दिशातर्फ जाँदै गरेको पैदलयात्री चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताइ ।
शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा ल्याइएको छ । प्रहरीले पिकअप गाडी र चालक कपिलवस्तुको बाणगङ्गा नगरपालिका-४ का २४ वर्षीय दीपेन्द्र थापालाई पक्राउ गरेको छ । (रासस)

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया