आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

ट्यूनिसियामा १४ आप्रबासीको मृत्यु, १३९ जनाको उद्धार

सांकेतिक तस्बिर

ट्यूनिसियाको सामुद्रिक क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा १४ आप्रबासीको मृत्यु भएको ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डले एएफपीलाई बताएको छ ।

अत्यधिक भार बोकेका कारण समुद्रमा डुङ्गाले सन्तुलन गुमाई डुबेका कारण कम्तीमा १४ जनाको मृत्यु भएको र १३९ जना घाइते भएका र ती सबै आप्रबासी भएको ट्यूनिसियाली सुरक्षा अधिकारीले पुष्टि गरे ।

गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुङ्गाले सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको र डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर-कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी आप्रबासी शरणार्थीहरू रहेका थिए ।

सुरक्षा निकायले घाइतेहको उद्धार गर्न तत्काल सामुद्रिक तटमा खटी देखाएको मानवीय सहयोगका कारण धेरै व्यक्तिहरूको ज्यान जोगाउन सफल भएको उनले बताए । (एएफपी)