सहकारी प्रवर्द्धन केन्द्रको भवनको भारतीय राजदूतावासका नियोग उप-प्रमुखद्वारा उद्घाटन
काठमाडौं : भारत सरकारको ३ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा ललितपुरस्थित जिल्ला सहकारी संघ लिमिटेडको लागि निर्माण गरिएको नयाँ सहकारी प्रवद्र्घन केन्द्र भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले उद्घाटन गरेका छन् । पूर्व अर्थ राज्यमन्त्री उदय राणा, सहकारी संघ, ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिहरूको समारोहमा उपस्थिति थियो ।
‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीनतल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खल्ला बजारका लागि प्रयोग गरिनेछ । दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको छ र यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो ।
सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ जसमध्ये ललितपर जिल्लाका ९ वटा परियोजना सहित ८४ वटा परियोजना प्रदेश नं ३ मा रहेको छ । यी बाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

वीरगञ्ज नाका : पाँच खर्ब ६ अर्ब आयात र ७९ अर्ब निर्यात

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

क्यालगरीमा सगरमाथा दिवस विशेष कार्यक्रम गरि मनाइयो

राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

बजेट सकारात्मक : निकासी पैठारी संघ

प्रतिक्रिया