पुलिस मेयर कपको फाइनलमा

काठमाडौँ: नेपाल पुलिस क्लबले काठमाडौँ मेयर कपको फाइनलमा स्थान पक्का गरेको छ । बुधबार काठमाडौँ मेयर-११ लाई एक सय तीन रनले पराजित गरेपछि पुलिसले फाइनल यात्रा तय गरेको हो ।
प्रतियोगितामा तेस्रो जित हासिल गरेसँगै पुलिसले छ अंक बनायो । कुल पाँच टिम सम्मिलत प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ तीन खेलबाट चार अंक रहेको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मेयर-११ को समान दुई-दुई अंक छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा पुलिसले टस हार्दै पहिले ब्याटिङ गर्यो । योगेन्द्र सिंह कार्कीले बनाएको ४० रनको मद्दतले पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९७ रनको योगफल तयार पार्यो । मेयर-११ ले जवाफी ब्याटिङमा ३१.२ ओेभरमा ९४ रन बनाएको थियो । पुलिसका लागि ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले ५६ रनको साझेदारी गरे । सुनिलले २२ रन बनाए भने कुशलले ३४ रनको योगदान गरे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २४ रन जोडे ।
बलिङतर्फ सन्दिप लामिछाने, विपिन खत्री र हरीशंकर साहले तीन-तीन विकेट हात पारे । त्यस्तै, अनिल खरेलले एक विकेट लिए ।
मेयर-११ का कृष्ण कार्की, कप्तान सन्दिप र सिदान्त लोहनीले क्रमशः १९, २६ र १८ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् । पुलिसका लागि पवन सरार्फ र दिपेन्द्रले धारिलो बलिङ गरे । पवनले १६ रन खर्चेर चार विकेट हात पारे भने दिपेन्द्रले १८ रनको क्षतिमा तीन विकेट लिए । त्यसैगरी, ललित राजवंशीले दुई विकेट थपे भने सागर ढकालले एक विकेट थपे ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया