राजाराम पौडेललाई भैरव पुरस्कार

काठमाडाैं : कलाकार राजाराम पौडेललाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै भैरव अर्याल गुठीले भैरव पुरस्कार रामकुमार पाँडेलाई प्रदान गर्ने भएकाे छ ।
भैरव हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार हरेक दुई वर्षमा वितरण गरिँदै आएको छ । वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा. डा.खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पाँडेको पहिलो हास्यव्यंग्य निबन्ध ‘म आग्लो भएँ’ २०१८ सालमा प्रकाशित भएको थियो । प्राध्यापन पेशामा संलग्न पाँडेका ‘सञ्चै छ?’, ‘खप्पर’, ‘रसरङ्गी’, ‘तालबेताल’, ‘१०१ हास्यव्यंग्य’ लगायत कृति प्रकाशित छन् ।
२०३७ सालमा रिलिज भएको ‘बासुदेव’मा सानो भूमिका गर्दै दृश्य अभिनयमा होमिएका राजाराम पौडेलले तीन सय ज्यादा फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् ।
विसं २०४६ देखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा आउँदो सालबाट बर्सेनि वितरण गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।

‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

प्रतिक्रिया