प्रियंका र निकले अस्करको मनोनयन सार्वजनिक गर्ने

लसएन्जल्स : अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनासले यो संस्करणको अस्कर मनोनयन सार्वजनिक गर्ने भएका छन् । प्रियंका र निकले ‘लाइभ एक्सन’ अन्तर्गतका २३ विधाका फिल्मको मनोनयन सार्वजनिक गर्ने भएका हुन् । दुई भागमा प्रस्तुत गरिने मनोनयन आउँदो सोमबार सार्वजनिक गरिँदैछ ।
अस्करको नयाँ संस्करणमा ‘नमडल्यान्ड’, ‘ट्रायल अफ दि सिकागो’ ‘प्रमिसिङ योङ वुमन’ले धेरै विधामा मनोनयन पाउने अपेक्षा गरिएको छ । सदा फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड यो साल अप्रिलमा हुन लागेको हो ।
कोरोना भाइरसको महामारीका कारण अवार्डको मितिसँगै थिएटरका फिल्मबाहेक ओटीटीमा रिलिज भएका फिल्मलाई पनि प्रतिस्पर्धामा समावेश गराउने नियम ल्याइएको थियो । नत्र हलमा रिलिज नभएका फिल्मले अस्करको प्रतिस्पर्धामा सहभागी हुन नपाउने नियम थियो ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया