दैलेखमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत : दैलेखको रामघाट नजिकै माइक्रो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेत आउँदै गरेको ०२४७ नम्बरको माइक्रो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिकाका ३७ वर्षीय जितेन्द्रराज शाहीको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल पठाउन लागिएको घटनास्थलमा रहेका प्रहरी हवलदार केशव धामीले जानकारी दिए ।
उक्त गाडीमा १५ जना यात्रु सवार रहेको उनले जानकारी दिए । दुर्घटनापछि माइक्रो गाडीका चालक फरार रहेको धामीले बताए । दुर्घटना कसरी भयो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको धामीले बताए ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया