च्याम्पियन्स लिगः मेस्सीको टिमलाई हराउँदै, एमबाप्पेले तोडे मेस्सीकै कीर्तिमान

काठमाडौँ: पेरिस सेन्ट जर्मेन (पीएसजी) का किलियान एमबाप्पेले च्याम्पियन्स लिगमा लियोनल मेस्सीको कीर्तिमान भंग गरेका छन् । बुधबार राती बार्सिलोनाविरुद्व एक गोल गरेसँगै एमबाप्पेको च्यामिपयन्स लिगमा २५ गोल पुगेको छ । जुन च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा कम उमेरको खेलाडीले गरेको २५ औँ गोल हो ।
मेस्सीले २२ वर्ष २८६ औँ दिनको हुँदा च्याम्पियन्स लिगमा २५ औँ गोल गरेका थिए । एमबाप्पेले मेस्सीको कीर्तिमन २२ वर्ष ८० दिनको छँदा भंग गरे ।च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एमबाप्पेले बार्सिलोनाविरुद्व ह्याट्रिक गरेका थिए । पीएसजीलाई क्वार्टरफाइनल पुर्याउन एमबाप्पेले घरेलु मैदानमा पनि गोल गरे ।
बार्सिलोनालाई समग्रमा ५-२ को अन्तरले हराउँदा एमबाप्पेले कुल चार गोल गरे । एकै सिजन बार्सिलोनाविरुद्व चार गोल गर्ने एमबाप्पे पहिलो खेलाडी हुन् । नेयमार चोटका कारण मैदान बाहिर हुँदा एमबाप्पेले पीएसजीको मुख्य फरर्वाडको भूमिक निभाइरहेका छन् । उनले फ्रेन्च लिग वानका पछिल्ला सात खेलमा छ गोल गरेका छन् ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया