मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

मकवानपुर-११ र नवजनजागृति क्लब सिमरा भिड्दै

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता बिहीबार(आज)देखि सुरु हुँदैछ । खेलको धुुुर्मुस–सुन्तलीले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने उद्घाटन खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र नवजनजागृति युवा क्लब सिमरा भिड्दैछन् ।  
प्रतियोगितामा १० वटा क्लबले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष प्रताप बिष्टले जानकारी दिए । उनकाअनुसार गोल्डकपमा एक विदेशी टिम अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनले पनि सहभागिता जनाउँदैछ ।

ए डिभिजन लिगका ६ वटा क्लबहरूले खेलमा सहभागिता जनाउँनेछन् । गोल्डकपमा नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब सर्लाही, नवजनजागृति युवा क्लब सिमरा, मकवानपुर–११ सहभागी हुनेछ । 

प्रतियोगिताको फाइनल खेल चैत्र ७ गते हुनेछ । गोल्डकपको विजेताले नगद १० लाख तथा उपविजेता बन्ने समूहले नगद ५ लाख प्राप्त गर्नेछ । यस्तै खेलको सर्वोत्कृष्ट खेलाडिले ६ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने बुलेट बाइक प्राप्त गर्ने आयोजकले जनाएको छ ।