हेटौंडामा मिस मकवानपुर सिजन-३ सौन्दर्य प्रतियोगिता हुने
मिस मकवानपुरलाई एक वर्षसम्म म्यानेजमेन्ट कलेजले ब्राण्ड एम्बेस्डर बनाउने

हेटौंडा : हेटौंडामा मिस मकवानपुर सिजन–३ सौन्दर्य प्रतियोगिता हुने भएको छ । कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालि एवम् स्पाक्लिङ सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन–३ हेटौंडामा हुने भएको हो । कलिउड सुपर डान्स एन्ड फिट्नेस प्रालिका सञ्चालक सुजन श्रेष्ठले प्रतियोगिताको अडिसन आगामी जेठबाट सुरुभई भदौ अन्तिसम्म ग्राण्ड फिनाली हुने जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेताले चाँदीको ताज र नगद एक लाख रुपैयाँ तथा विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद ५० हजार रुपैयाँ, तृतीय हुनेले नगद २५ हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् भने भ्यूअर्स च्वाइसले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन १६ वर्ष पूरा भई २८ वर्ष ननाघेका अविवाहित नेपाली नागरिक हुनुपर्ने छ । सहभागीको उचाई ५ फिट हुनुपर्नेछ भने शैक्षिक योग्यता एसईई उत्तीर्ण हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा २८ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ ।
मिस मकवानपुरलाई एक वर्षसम्म म्यानेजमेन्ट कलेजले ब्राण्ड एम्बेस्डर बनाउने
मिस मकवानपुरलाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले १ वर्षसम्म ब्रान्ड एम्बेस्डर बनाउने कलेजका प्रिन्सिपल पुरणबहादुर जोशीले बताए । उनले सौन्दर्य प्रतियोगिताको विजेता बनेर समाजमा योगदान पु¥याउन सक्नुपर्ने भन्दै मिस मकवानपुर हुनेको भविष्य उज्जवल रहेको बताए । सौन्दर्य प्रतियोगितामा सहभागी हुनेहरूले सौन्दर्य व्यवसाय तथा सौन्दर्यसम्बन्धी विविध कार्यक्रम गर्दै समाज परिवर्तनमा अहम् भूमिका खेल्नसक्नुपर्ने उनको भनाइ थियो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया