थपिए ९७ कोभिड-१९ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।
बिहीबार ६६ जना कोभिडमुक्त भएका छन् । अहिलेसम्म योसँगै दुई लाख २१ हजार ११६ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा कोभिडका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले नेपालमा कोभिडका कारण ज्यान गुमाएका छन् ।
हाल ९४२ जना आइसोलेसन र ५९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख ७ हजार ९२२ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया