‘आमाको ‘अ’लाई अर्थतन्त्रको ‘अ’सँग जोडौँ’
सुर्खेत : वीरेन्द्रनगरस्थित बुलबुले उद्यान भइरहेको कर्णाली उत्सव ‘...कुडा कर्णाली’को देस्रो संस्करणको दोस्रो दिन ‘छाउ र भाउ’ शिर्षकमा बहस भएको छ । यस छलफलमा कर्णालीका महिला, महिनावारी र बालबालिको विषयमा बहस भएको छ । लेखक राधा पौडेल, राजनीतिकर्मी विन्दा पाण्डे र बालरोग विशेषज्ञ डा.नवराज केसी र अधिकारकर्मी गमता बिकले यस सत्रमा विचार राखेका छन् ।
छलफलमा अधिकारकर्मी बिकले आफ्नो महिनावारी र सुत्केरी अवस्थाको अनुभव सुनाइन् । ‘१९ वर्षमा लछारपछार गर्दै बिहे गरिदिए,’ उनले भनिन्, ‘आइरन चक्कीको सट्टा ढुङ्गा खाएर बच्चा जन्माइयो । त्यो बेलामा छाउ र सुत्केरी हुँदा आराम चाहिन्छ भन्ने नै थाहा थिएन । बच्चा जन्मिएको दुईतीन दिनमै घाँस दाउरा गर्न हिँडिन्थ्यो ।’
महिनावारी हुँदा आफूले छोएको फुल फुलेर फल लाग्न थालेपछि उनले महिनावारी बार्न छाडेको बताइन् । ‘यसरी आफूजस्तै २० जना साथी मिलाएर आमा समूह बनाए,’ उनले भनिन्, ‘हामीले छाउ भत्काएर ट्वाइलेट बनाउन सुरु गर्यौँ । तर, अहिले पनि नीतिमा विभेद नगर्नू भनेपनि व्यवहारमा कार्यान्वयन भने भएको छैन ।’ महिलाहरू पछि पर्नुमा उनी आर्थिक अवस्था मुख्य कारण मान्छिन् ।
बालरोग विशेषज्ञ डा.नवराज केसीले कर्णालीमा बालबालिका मात्रै नभएर आमा पनि कुपोषित भएको बताए । ‘कर्णालीमा ४० प्रतिशत बालबालिका कुपोषित छन्,’ उनले भने, ‘बालबालिकासँगै आमाहरू पनि कुपोषित छन् । उहाँका ९२.५ प्रतिशत महिलाहरूको नाममा जग्गा छैन । ४१.५ प्रतिशत महिलाहरु अशिक्षित छन् । यसको असर बालबालिकामा देखिने गर्छ ।’ जबसम्म आमाको ‘अ’ लाई अर्थतन्त्रको ‘अ’सँग जोड्न सकिदैन तबसम्म देश जहाँको त्यहीँ रहने तर्क उनले राखे ।
लेखक राधा पौडेलले अक्षर र भाषणमा महिला सशक्तिकरणको भए पनि व्यवहारमा उनीहरूलाई पशु समान व्यवहार गरिने बताइन् । ‘जबसम्म महिनावारी विभेदलाई वार्ता गर्दैनौँ तबसम्म केही हुँदैन,’ उनले भनिन्, ‘समाजले छोरीहरुलाई शक्तिविहिन छोरालाई शक्तिशाली बनाउँछ । तर, अब प्रश्न गर्नुपर्छ । प्रश्न गर्ने पहिलो थलो घर हो । आज आफ्नो परिवारमा प्रश्न गर्न नसक्ने छोरीले भोलि श्रीमान र समाजसँग प्रश्न गर्न सक्दिनन् ।’
राजनीतिकर्मी विन्दा पाण्डेले कर्णाली श्रोत नभएर भन्दा पनि व्यवस्थापन नभएर गरिब भएको बताइन् । अबको दिनमा देशलाई समृद्ध बनाउन सबैभन्दा पहिला आमालाई समृद्ध बनाउनुपर्ने विचार उनले राखिन् ।

‘एडुक्लेभ ३.०’ सम्पन्न : शिक्षा क्षेत्रको सम्भावना, चुनौती र समाधानबारे गहिरो छ…

१ सय बर्ष पछि मठा फल्चाको पुनर्निमाण गरिँदै

नेपाल बारमा मिश्रको प्यानलै विजयी

कपालमा फिटकरी लगाउँदा हुनेछ धेरै फाइदा

मोटो व्यक्तिलाई लाग्न सक्छ यी १६ प्रकारको रोग
एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो
काठमाडौँमा वर्षा, मौसमविद् भन्छन्- अब तुवाँलो हट्दै जान्छ

प्रतिक्रिया