‘नेयमारको खेल म्याराडोनो र रोनाल्डिन्होको जस्तै’

काठमाडौँ: पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले नेयमारको खेलले डिएगो म्याराडोना र रोनाल्डिन्होको झल्को दिने बताएका छन् । पीएसजीकै पूर्वखेलाडी पोचेटिनाले ब्राजिलियन स्टारको खेल स्तर क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको जत्तिकै भएको पनि भन्न भ्याए ।
‘नेयमारको खेल शैली म्याराडोना र रोनाल्डिन्हो जस्तै छ । खेल दौरान उनको खुट्टामा बल परे उनले जरुर गोल गर्ने वा गोलका लागि पास मिलाउने प्रयास गर्छन् । उनी असाधारण प्रतिभा हुन् । उनको खेल स्तर क्रिस्टियानो र मेस्सीकै बराबरको छ,’ पोचेटिनोले भने ।
गत जनवरीमा पीएसजीको प्रशिक्षकमा नियुक्त भएका पोचेटिनोले नेयमारको प्रतिभाबाट प्रभावित भएको पनि बताए । नेयमार हाल चोटका कारण मैदान बाहिर पनि पीएसजीमा उनको महत्व ठूलो रहेको पोचेटिनोको भनाइ थियो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया