खुवालुङ संरक्षणका अभियन्ता दिनेश र साजन पक्राउ

काठमाडौँ : खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई प्रहरीले पक्राउ गरेको छ । सप्तकोशीका डुंगा चलाइरहेकाहरूको उजुरीमा खुम्बुलाई सुनसरी चक्रघाटीको इलाका प्रहरी कार्यालयले पक्राउ गरेको किरात राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले जानकारी दिए ।
८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोसीमा जहाज चलाइ छाड्ने उदघोष गरेका थिए । सोमबार यही तमोर, अरुण र दुधकोशीको संगमस्थलमा अभियन्ताहरूले किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ ढुंगा फुटाउने सरकारी योजनाको विरोध गरेका थिए ।
‘सोमबार खुवालुङ पुगेर विरोध गर्ने कार्यक्रम थियो, तर डुंगा व्यवसायीले अभियन्ताहरूलाई खुवालुङसम्म पुर्याउन आलटाल गरे,’ उनले भने, ‘यही विषयमा सामान्य विवाद भएको थियो । विवादलाई अतिरञ्जित गरेर डुंगा व्यवसायीले उजुरी गरे । आज प्रहरीले दिउँसो १ बजेतिर दिनेशलाई पक्राउ गरेको छ । अहिलेसम्म छोडेको छैन ।’
किराँत सभ्यता र मुन्दुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो

नेपालमा पहिलो पटक स्काइवेल पाइलट समिट हुँदै

एमाले निकट भुतपूर्व सैनिक-प्रहरी संगठनको अध्यक्षमा पुनः विनोद पाण्डे निर्वाचित
आजदेखि निजामती कर्मचारीहरू पनि आन्दोलनमा

सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा
विश्व सम्पदा दिवस मनाइँदै

वृश्चिकलाई विगतका कमजोरी सच्याउने मौका, कर्कटलाई भाग्यले साथ दिने

प्रतिक्रिया