भरुवा बन्दुकसहित एक पक्राउ

इनरुवा : सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट आज एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका-९ का २२ वर्षीय सुमन राई रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
वन्यजन्तुको सिकार गर्ने क्रममा राईलाई एकथान भरुवा बन्दुकसहित सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ भने अन्य चार जना फरार भएको सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताउनुभयो । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया