भरुवा बन्दुकसहित एक पक्राउ

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट आज एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय सुमन राई रहेको सशस्त्र प्रहरीले जनाएको छ । वन्यजन्तुको सिकार गर्ने क्रममा राईलाई एकथान भरुवा बन्दुकसहित सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ भने अन्य चार जना फरार भएको सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताउनुभयो । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

आगलागीमा ६० लाख बराबरको क्षति

ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर

प्रतिक्रिया