मुम्बईलाई हराउन असम्भव छैन : धवन

यसपटकको इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्सको सुरुवात बलियो रह्यो । सुरुवाती प्रर्दशनका आधारमा उसलाई प्रतियोगिताको उपाधी दाबेदारका रुपमा लिइएको थियो । मुम्बई इन्डियन्स बाहेक कुनै टोली बलियो देखिएको थियो भने त्यो दिल्ली नै थियो । तर प्रतियोगिताको उत्तरार्धमा लगातार चार खेलमा पराजित भएपछि दिल्लीले निर्णायक समय आइपुग्नै लाग्दा लय गुमाएको हो की भन्ने प्रश्न उठ्नु जायज थियो ।
यस सिजन मुम्बईले दुई पटक नै दिल्लीलाई पराजित गरेको छ । पछिल्लो खेलमा त झन् मुम्बई नौ विकेटले विजयी बन्यो । लगातार चार खेलमा पराजय भोगे पनि, दिल्लीले कठिन समयमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराउदै प्लेअफमा स्थान बनायो । उता मुम्बईले मगंलबार लिग चरणको आफ्नो अन्तिम खेलमा सनराइर्जस हैदराबादलाई पराजित गर्यो ।
बिहीबार प्रतियोगिताको पहिलो क्वालिफायर खेल दुबई अन्तराष्ट्रिय रगंशालामा हुदैछ । जहाँ मुम्बई र दिल्ली आमनेसामने हुँदैछन् । पराजित हुने टीमले फाइनल प्रवेशका लागी अर्को मौका पनि पाउनेछ । उसले शुक्रबार हुने दोस्रो क्वालिफायरमा विजय हुने टीमको सामना गर्नेछ ।
प्रतियोगिता नयाँ चरणमा प्रवेश गरिसकेको अवस्थामा दुवै टीमका पछल्ला खेल प्रर्दशनले बिहिबार हुने खेलमा कुनै प्रभाव पार्ने छैन । ‘मुम्बईले प्रतियोगिताको लिग चरणमा राम्रो प्रर्दशन गरेको छ । तर त्यसकै आधारमा उनीहरु हामी भन्दा एक कदम अगाडी छन् भन्ने होइन,’ दिल्लीका ब्याट्सम्यान धवनको भनाई थियो, ‘हाम्रो टीम नराम्रो छैन । तर हामी स्पष्ट योजना सहित मैदानमा उत्रन जरुरी छ । त्यसो गरेमा मुम्बईलाई हराउन असम्भव छैन ।’
आइपीएलमा सर्बाधिक रन बनाउने खेलाडीको सूचीमा धवन तेस्रो स्थानमा छन् । उनले आफ्नो लयलाई कायम राख्न सके भने दिल्लीका लागी जितको बाटो पहिल्याउन सहज हुनेछ । तर ट्रेन्ट बोल्ट र जसप्रित बुमराह मुम्बईको पहिलो एघारमा फर्किने समचार धवनका लागि सुखद भने होइन । ती दुवै खेलाडी मुम्बईको पछिल्लो खेलमा देखिएका थिएनन् । मुम्बईले उनीहरुलाई आराम गर्न दिएको थियो ।
‘ट्रेन्ट र जसप्रितले यो प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनीहरुले लगातार खेलिरहको भएर आराम दिनु जरुरी थियो । किन की बाँकी दुई खेलका लागि उनीहरुले पुर्णरुपमा ताजा महसुस गर्न जरुरी छ,’ मुम्बईका बलिङ प्रशिक्षक रहेका शेन बोन्डले भने ।
यता मुम्बईका कप्तान रोहित शर्मा मगंलबारको खेलका लागि तयार छन् । उनी दिल्लीको सामना गर्न शारिरिक रुपमा पूर्ण फिट रहेको बताएका छन् । हैदराबादसँगको खेलमा उनी छोटो समयका लागि मैदानमा रहे । त्यस खेलमा उनले पूर्णरुपमा सहज महसुस गरिएको देखिएन । त्यसकारण उनले दिल्लीविरुध्दको खेलमा कसरी प्रस्तुत होलान भन्ने प्रश्न उठेको छ ।
रोहित चोटबाट फर्किदै गरेको अवस्थामा कस्तो प्रर्दशन गर्ने हुन भन्ने प्रश्नले ठाउँ पाइरहदा, दिल्लीका कागिसो राबडा र एनरिच नोटेर्जेले मुम्बईविरुध्द उत्कृष्ट प्रर्दशन गर्ने अठोट लिएका छन् । यदि उनीहरुले रोहित र क्वान्टन डि कोकलाई राम्रो सुरुवात गर्नबाट रोक्न सके भने मुम्बईको मध्यक्रमलाई दबाब पर्नेछ ।
यता बोन्ड भने आत्मविश्वासी देखिन्छन् । ‘प्रतियोगितामा हामी यस्तो टीम हो जसको विरुध्द कोही पनि खेल्न रुचाउदैनन् । यदी हामीले हाम्रो टीमको स्तर अनुसारको खेल्न सक्यौं भने हामी जोसुकैलाई पनि हराउछौ,’ बोन्डले दाबी गरे ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया