हेटौँडामा स्थानीय तह सहिद स्मृति गोल्डकप सुरु

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । बिहीबार खेलको राष्ट्रिय कलाकार तथा धुर्मुश-सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले उद्घाटन गरेका हुन् । उनले खेल क्षेत्रलाई विकास गर्न अन्तराष्ट्रिय स्तरको बहुउपयोगि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला यही बैशाखबाट सुरु गर्नेगरी काम भइरहेको जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर-११ ले विजयी सुरुवात गरेको छ । सिमराको नव जनजागृती युवा क्लबलाई ४-१ गोलअन्तरले हराउँदै मकवानपुर-११ विजयी बनेको हो । खेलको म्यान अफ दी म्याच मकवानपुर-११ का विमल राना घोषित भए । उनले २ गोल गरेका थिए ।
यस्तै मकवानपुर ११ का रञ्जन विष्ट र अमिर श्रेष्ठले एक एक गोल गरे । सिमराका मोहित गुरुङले खेलमा १ गोल फर्काएपनि खेल जित्न सकेन् । हारसँगै नव जनजागृती युवा क्लब सिमरा प्रतियोगिताबाट बाहिरिएको छ ।
अब शुक्रबार दिउँसो २ बजे नेपाली आर्मि क्लब र जावलाखेल युथ क्लब काठमाडौंबिच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, उपविजेताले नगद ५ लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले ३५० सिसीको बुलेट बाइक प्राप्त गर्नेछन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले सर्वोत्कृष्ट खेलाडीको लागि बुलेट बाइकको प्रायोजन गरेको हो ।

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

प्रतिक्रिया