आयोजक ग्रामिण बहुउद्देश्यीय समाजलाई उपाधि
हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजक समेत रहेको ग्रामिण बहुउद्देश्यीय समाज नेपालले जितेको छ । बिहिबार बागमती-४, झुरझुरे खेलमैदानमा भएको फाइनल खेलमा करौचे युवा क्लव बागमती-१ लाई आयोजकले ५-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।
खेलको म्यान अफ दी म्याच आयोजक समुहका जनक काकी घोषित भए । बलिदान सहिद स्मृति युवा क्लब झुरझुरेका बुद्ध बल हाईस्कोर घोषित भए भने आयोजक समूहका प्रभाव पुलामी मगर उदयमान खेलाडि घोषित हुन पुगे ।
यस्तै करौजे युवा क्लबका दिपेश घले सर्बोत्कृष्ट खेलाडि घोषित भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सापकोटाले पुरस्कार वितरण गरेका थिए ।

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

प्रतिक्रिया