‘एक लभर’को फस्टलुक

लघु चलचित्र ‘एक लभर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्मित फिल्मले दुई पोस्टर सार्वजनिक गरेको हो ।
चलचित्रलाई दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका हुन् । समसामयिक प्रेम कथामा आधारित चलचित्रको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेम भाव समेटिएको छ भने अर्को पोस्टरमा युवाको भिन्न चरित्रलाई देखाउन खोजिएको छ ।
विगत १२ वर्षदेखि सम्पादनको रुपमा काम गर्दै आएका साहिल खान फिल्ममा मुख्य भूमिकामा छन् । फिल्ममा साहिलसँगै अनुपमा भण्डारी, राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय देख्न सकिनेछ ।
एक हप्ता लगाएर छायांकन गरिएको चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । छोटो चलचित्र भएपनि यो चलचित्रले आम दर्शकको चाहना अनुसारको विषयवस्तु उठान गरेको ज्ञवालीले जानकारी दिए । चलचित्रमा निर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको पटकथा रहेको छ । फिल्म कात्तिक १७ गते सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया